• जेष्ठ २६ २०८२, आईतवार

जुवाको प्रचार गर्ने अर्का युटुबर थापा काठमाडौंबाट पक्राउ

असार १० २०८०, आईतवार

काठमाडौं । वान एक्स बेटको प्रचार गर्ने गरेको आरोपमा अर्का युट्युबर पक्राउ परेका छन् । आफ्नो युट्युब च्यानलबाट वान एक्स बेटको प्रचारप्रसारमा सहयोग पुग्ने गरी प्रोमो कोड दिएर विज्ञापन गरेको आरोपमा प्रहरीले २२ वर्षीय राजकुमार थापालाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार उनको स्थायी घर काभ्रेपलाञ्चोकको तेमाल-८ हो । हाल उनी बूढानीलकण्ठ बस्दै आएका थिए ।

उनीलाई सटेबाजी गर्न वा गराउन नहुने कसुरमा थप अनुसन्धानका लागि काठमाडौं प्रहरी परिसर पठाइएको छ । केहीदिन अगाडि वान एक्स बेटमा सट्टेबाजी गर्ने र त्यसको विज्ञापन गरेको आरोपमा काठमाडौं प्रहरीले आठजनालाई युट्युबरलाई पक्राउ गरेको थियो ।