• जेष्ठ २६ २०८२, आईतवार

संघीयतामै त्रुटी देखियो, प्रत्यक्ष कार्यकारी राष्ट्रपतीय प्रणालीमा जानुपर्छ : उपेन्द्र यादव

असार १० २०८०, आईतवार

काठमाडौँ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले संघीयतामा नै त्रुटी रहेको बताएका छन् । यादवले संघीय संरचना निर्माण गरिए पनि त्यो त्रुटिपूर्ण रहेकोले त्यसलाई पूर्णता दिनका लागि संविधान संशोधन गनुपर्ने कुरामा जोड दिए ।

संघीयताको अनुभूति गर्नका लागि संविधान संशोधनबाहेक अरु कुनै विकल्प नरहेको बताउँदै उनले शासकीय स्वरुप समेत विकृत हुँदै गएको बताए । शासकीय स्वरुप विकृत भएका कारण कुनै पनि सरकार स्थिर हुन नसकेको बताउँदै यादवले शासकीय स्वरुप नै परिवर्तन गरि कार्यकारी राष्ट्रपतीय प्रणाली बनाउनुपर्नेमा जोड दिए ।

जसपाको आजदेखि सुरु भएको विधान अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष यादवले वर्तमान निर्वाचन प्रणाली र शासकीय स्वरुप परिवर्तनका लागि संविधान संशोधन गर्नुपर्नेमा जोड दिए । संविधान संशोधन नभए भविष्यमा नयाँ संविधानका लागि संघर्ष गर्नुपर्ने उनको भनाई छ ।

अध्यक्ष यादवले भने, ‘तर अहिले त्यो अवस्था आएको छैन, संविधान संशोधन गर्ने अवस्था रहेको छ, लोकतन्त्र र गणतन्त्रलाई जोगाउनका लागि संविधान संशोधन गर्नुपर्छ । यथास्थितिमा जनताले कुनै किसिमको अपेक्षा गर्ने ठाउँ देखिंदैन ।’