• बैशाख १० २०८२, बुधबार

संसदमा आइतबारदेखि बजेटबारे मन्त्रीले जवाफ दिने

असार ९ २०८०, शनिबार

काठमाडौं । संसद बैठकमा बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गतका शीर्षकमा उठेका प्रश्नमाथि आइतबारदेखि सम्बन्धित मन्त्रीले जवाफ दिने क्रम शुरु हुनेछ ।

सभाको यही असार १० गते भोलि (आइतबार) बिहान १०ः०० बजे अर्को बैठकमा विनियोजन विधेयकअन्तर्गत उपराष्ट्रपति कार्यालयसम्बन्धी बजेटबारे छलफल हुनेछ ।

त्यसै दिन गृह, वन तथा वातावरण, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्रीले मन्त्रालयगत छलफलमा उठेका प्रश्नको जवाफ दिने कार्यक्रम छ ।

यस्तै युवा तथा खेलकुद, शहरी विकास, उद्योग, वाणिज्य तथा आपूर्ति, भौतिक पूर्वाधार तथा यातायात र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका मन्त्रीले पनि जवाफ दिनेछन् ।