उत्तर प्रदेश । भारतको उत्तर प्रदेशको मैनपुरीबाट एउटा हृदयविदारक खबर सार्वजनिक भएको छ ।
यहाँ एकै परिवारका सदस्य, आफन्त र साथीको विभत्स हत्या गरिएको छ । आफ्नो परिवारका कुल ५ जनाको हत्या गरे पछि ती ब्यक्तिले आफैलाई गोली हानेका थिए ।
भारतीय सञ्चारमाध्यम आजतकका अनुसार घरको जेठो छोराले यो घटना गराएका हुन् । उनले पहिले परिवारका चार सदस्य र एक आफन्तको बञ्चरोले टाउको काटेका थिए ।
त्यसपछि अन्य दुई जनालाई पनि मार्ने प्रयास गरियो । त्यसपछि आरोपीले आफैँलाई गोली हानेर आत्महत्या गरेका थिए । घाइते दुवै महिलाको अवस्था चिन्ताजनक रहेको बताईएको छ ।
घटना किश्नी थाना क्षेत्र गोकुलपुरा अरसारासँग सम्बन्धित छ । जानकारी अनुसार यो घटना राति २ बजेको समयमा भएको थियो ।
समाचार अनुसार घरको जेठो छोराले पहिला सबैलाई हानेर हत्या गरे । त्यसपछि उनले आफूलाई पनि गोली हानेर आत्महत्या गरे । घरमा विवाह भएकोले सबै आफन्त पनि त्यहाँ थिए ।
हत्याको यो घटनापछि इलाकामा सनसनी फैलिएको छ । घटनास्थलमा एसपी, आईजी र एडीजीलगायत जिल्ला अधिकारीहरू उपस्थित रहेका छन् ।