काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीले यो सरकार ढाल्ने कोसिस गरिरहेको बताएका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित एक पुस्तक विमोचन कार्यक्रममा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकार ढालेर कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन एमालेले चलखेल गरेको आरोप लगाएका हुन् ।
‘ठूलो पार्टीले समाजवादी शक्तिलाई एकताबद्ध बनाउन चाहेन । उसले अहिले पनि के चाहेको छ भने आजको पत्रिकामा पढ्नुभयो होला । केपी ओलीले कांग्रेसलाई प्रभावमा पारेर कांग्रेसले नै सरकार चलाओस्, साथ दिन तयार छौँ भनिरहेको छ । सुन्नुभएको छ हैन ?,” उनले भने ।
उनले कम्युनिस्ट पार्टीका नेताले नै कम्युनिस्ट सरकार ढालेर कांग्रेसलाई प्रधानमन्त्री बनाउन कोसिस गर्नु विडम्बनापूणर् भएको बताए । ‘कस्तो बिडम्बना, त्यो कम्युनिस्ट पार्टीको चरित्र कस्तो होला ? जुन कम्युनिस्ट पार्टीका नेताले कम्युनिस्ट पार्टीका अध्यक्ष कमरेड पुष्पकमल दाहालको सरकार ढालेर शेरबहादुर दलाल पुँजीवादसँग, उदार पुँजीवादसँग, उदार समाजवादसँग मात्रै आफूलाई शब्द जोडेका छन्,’ नेपालले भने,‘उनलाई अघि बढाउन खोजेका छन् । अनेकौँ प्रयास गरेका छन् ।”
नेपालले समाजवादी मोर्चामा अरू पार्टीलाई पनि आउन आग्रह गरे । उनले मोर्चाबारे ओली बरबराइरहेको बताए ।