काठमाडौं । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले निजगढ एयरपोर्ट भैंसी चराउन बनाउन लागेको हो भनेर प्रश्न गरेका छन्। प्रतिनिधि सभाको शुक्रबारको बैठकमा मन्त्रालयगत बजेटमाथि छलफलमा उनले यस्तो प्रश्न गरेका हुन्।
‘विदेशीको ऋण लिएर एयारपोर्ट बनाउने तर भने अनुसारको व्यवस्था नहुने भएको छ। निजगढ एयारपोर्ट भैंसी चराउन बनाउने हो? मधेसमा भैंसी धेरै हुन्छ,’ उनले भने।
यसअघि नै २ वटा अन्तर्राष्ट्रिय एयरपोर्टले काम गर्न नसकेको अवस्थामा अर्को एयरपोर्ट बनाउनेमा आफ्नो आपत्ति रहेको सिंहले बताएका हुन्।
‘निजगढ एयरपोर्ट बनाउने कुरामा मेरो आपत्ति छ। यता, दुई वटा अन्तर्राष्ट्रिय एयरपोर्टले काम गर्न सकिरहेको छैन। अर्को निजगढ एयारपोर्ट बनाएर त्यहाँको संरक्षण क्षेत्रलाई विनास गर्ने कुरा छ। त्यसको पूर्व आधार के हो? फास्ट ट्र्याक जोड्नलाई एयरपोर्ट आवश्यक छैन,’ सांसद सिंहले भने।