• जेष्ठ २७ २०८२, सोमबार

नेपाल भित्रियो मनसुन, आगामी तीन दिन देशभर लगातार वर्षा हुन सक्ने!

असार ८ २०८०, शुक्रबार

काठमाडौं । मनसुनी प्रणाली भित्रिएसँगै देशभर वर्षाको सम्भावना देखिएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले शुक्रबार विशेष बुलेटिन जारी गर्दै यसअघि पूर्वी र मध्य नेपालमा केन्द्रित रहेको मनसुन पश्चिम नेपालसम्म फैलिएको जनाएको हो।

पश्चिमी क्षेत्रमा पश्चिमी वायु र स्थानीय वायु निष्क्रिय बनेसँगै मनसुन फैलिएको हो। मौसमविद् सजिना शाक्यका अनुसार आजदेखि तीन दिन देशका धेरै स्थानमा हल्कादेखि मध्ययम वर्षाको सम्भावना छ।

यसमा पनि मधेस, बागमती, गण्डकी र लुम्बिनीका थोरै स्थानमा ठूलो वर्षाको सम्भावना छ भने ती प्रदेशका एक–दुई स्थानमा धेरै ठूले वर्षाको सम्भावना पनि छ। थोरै स्थान भन्नाले त्यहाँको कुल भूभागको १० देखि २५ प्रतिशत क्षेत्रमा वर्षा हुनुलाई बुझाउँछ।

मौसम विभागले २४ घन्टमा १० मिलिमिटरभन्दा कम वर्षालाई हल्का, ११ देखि ५० मिलिमिटरभन्दा कम वर्षालाई मध्यम र ५० देखि सय एक सय मिलिमिटरसम्मको वर्षालाई भारी वर्षा भन्छ।