• जेष्ठ २६ २०८२, आईतवार

शोक प्रस्ताव पारित गर्दै संसद् बैठक स्थगित

असार ६ २०८०, बुधबार

काठमाडौं । संसद् बैठक शोक प्रस्ताव पारित गरेर बुधबार नै बस्नेगरी आधा घण्टाका लागि स्थगित गरिएको छ ।

सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको निधनमा शोक प्रस्ताव पारित गरेपछि सभामुख देवराज घिमिरेले आधा घण्टाको लागि बैठक स्थगित गरेका हुन् ।

सिंहको मंगलबार सवारी दुर्घटनामा निधन भएको थियो ।