काठमाडौं । बझाङ केदारस्यु गाउँपालिका १ झारछडास्थित जयपृथ्वी राजमार्गमा मंगलबार भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्बीबहादुर सिंहकी पत्नी अमृता सिंह र अर्की आफन्त जयादेवी सिंहको मृत्यु भएको हो ।
पाँच जना सवार गाडी कालङगा नदीको किनारमा खसी दुर्घटनाग्रस्त भएको थियो । प्रहरीले तत्काल उद्धारगरी घाइतेलाई उपचारका स्थानीय रितु पोलिक्लिनिक र प्राथमिक स्वास्थ्य केन्द्र देउरा पुर्याएका थिए ।
तर उपचारका क्रममा अमृता र जयादेवीको मृत्यु भएको सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालयका एसपी श्यामसिंह चौधरीले बताए । उनका अनुसार मन्त्री पृथ्वीबहादुर सिंह, सवारी चालक धर्मराज जोशी र सुरक्षाअंग प्रहरी हवल्दार दिपक भण्डारीलाई भने थप उपचारका लािग बाँकेस्थित नेपालगंज मेडिकल कलेजमा लगिएको छ ।