• मंसिर १२ २०८१, बुधबार

विश्वकप एकदिवसीय खेलः अमेरिकाविरुद्ध नेपालको शानदार प्रदर्शन

असार ५ २०८०, मंगलवार

काठमाडौं । एकदिवसीय विश्वकप छनोटको आफ्नो दोस्रो खेलमा अमेरिकाविरुद्ध नेपालले शानदार प्रदर्शन गरेको छ।

करण केसीले ४ विकेट लिएर खेलिरहेको खेलमा पाँचौ विकेट दीपेन्द्र सिंह ऐरीको नाममा रह्यो। अमेरिकाले ६५ रनको अवस्थामा आफ्ना टप अर्डर पाँच ब्याटरहरु गुमाउन पुगेको छ।

करण केसीले आफ्नो स्पेलमा ७ ओभर बलिङ गर्दै ३ मेडनसहित कुल ११ रन खर्चिएर ४ विकेट लिइसकेका छन्। उनले कप्तान एरोन जोनेससहित ओपनर स्टेभन टेलर, सैतेजा मुकमलाल र नोस्थुस केन्जीङ्गलाई पेभिलियन पठाएका हुन्।