• जेष्ठ २७ २०८२, सोमबार

समाजवादी मोर्चाबारे प्रभु साहको टिप्पणी, ‘जनयुद्धकालीन मुद्धामा वारेण्ट काट्ने र गौर हत्याकाण्डका अपराधीसँग घाँटी जोड्नेहरूलाई के भन्नुहुन्छ ?’

असार ५ २०८०, मंगलवार

काठमाडौं । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले चार दलको समाजवादी मोर्चाबारे विरोध जनाएका छन् ।
उनले मंगलबार सामाजिक सञ्जालमा लेख्दै प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलक्षित गरी प्रश्न गरेका हुन् ।

उनले सोधेका छन्, ‘जनयुद्धकालीन मुद्धामा वारेण्ट काट्ने र गौर हत्याकाण्डका अपराधीसँग घाँटी जोड्नेहरूलाई के भन्नुहुन्छ ?’ सोमबार राष्ट्रिय सभागृहमा चार दलले समाजवादी मोर्चा गठन गरेका छन् ।

माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र नेविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले मोर्चाको सहमतीपत्रमा हस्ताक्षर गरेका छन् ।

जसमा नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई सामेल छैनन् । जबकि समाजवादी मोर्चाको अवधारणा नै भट्टराईले प्रस्ताव गरेका थिए ।