• मंसिर १२ २०८१, बुधबार

फाइभ नेसन्स पुरुष बास्केटबल च्याम्पियनसिपमा नेपाल विजयी 

असार ४ २०८०, सोमबार

काठमाडौं  । फाइभ नेसन्स पुरुष बास्केटबल च्याम्पियनसिपमा नेपाल विजयी भएको छ । 

माल्दिभ्सको मालेमा गएराति भएको खेलमा आयोजक माल्दिभ्सलाई नेपालले ७५–६८ अङ्कले हराएको हो । नेपालको यो तेस्रो जित हो ।

पहिलो खेलमा भुटानसँग पराजित नेपालले त्यसपछि पाकिस्तान र बङ्लादेशलाई हराएको थियो । लिग चरणको समाप्तिमा ४ खेलमा ७ अङ्कसहित नेपाल शीर्षस्थानमा छ ।  समान अङ्कका साथ पाकिस्तान दोस्रो स्थानमा छ भने ६ अङ्कका साथ बङ्लादेश तेस्रो र ६ अङ्क नै रहेको भुटान चौथो स्थानमा रहेकाे छ ।

४ अङ्क जोडेको माल्दिभ्स समूह चरणबाट बाहिरिएको छ । शीर्ष ४ टोलीले सेमिफाइनल खेल्नेछन् ।