काठमाडौं । मुटुमा समस्या देखिएपछि अस्पताल भर्ना भएका राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य स्थिर रहेको अस्पतालले जनाएको छ ।
मनमोहन कार्डियोथेरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका पौडेलको मुटुको चाल मनिटरिङ भइरहेको अस्पतालका कार्यकारी निर्देशक प्रा।डा। रत्नमणि गजुरेलले जानकारी दिए ।
स्वास्थ्यमा समस्या देखिएपछि राष्ट्रपति पौडेललाई गए राति महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल लगिएको थियो ।
गत मंगलबार मुटुमा समस्या देखिएपछि शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा भर्ना भएका पौडेल गत बुधबार मात्र डिस्चार्ज भएका थिए ।