• जेष्ठ २७ २०८२, सोमबार

ललितपुरमा बस दुर्घटना हुँदा १९ जना घाइते

असार २ २०८०, शनिबार

ललितपुर ।  आज बिहान लुभुबाट लगनखेलतर्फ आउँदै गरेको बस इमाडोलस्थित बाहुनधारामा दुर्घटना भएको छ । 

बा२ख ८५८३ नम्बरको बस महालक्ष्मी नगरपालिका–१ बाहुनधारामा दुर्घटना हुँदा १९ जना घाइते भएका छन् । 

प्रहरी प्रभाग इमाडोलका प्रहरी निरीक्षक हरि डाँगीका अनुसार सो दुर्घटनामा परी घाइते भएका मध्ये ग्वार्कोस्थित बी एण्ड बी अस्पतालमा १८ जनाको र नजिकैको किस्ट अस्पतालमा एकजनाको उपचार भइरहेको छ । 

उनका अनुसार सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ । उक्त बसमा २४ जना यात्रु सवार थिए।

प्रत्यक्षदर्शीका अनुसार तीव्र गतिमा रहेका कारण सो बस अनियन्त्रित भइ बिच सडकमा पल्टिएको थियो। 

ग्वार्को निस्कन लागिरहेको अवस्थामा तिब्र गतिमा गुडेको सो बस ओरालो सडकमा पल्टिए पछि झण्डै २० मिटर जति घिस्रिएको थियो ।