• जेष्ठ २७ २०८२, सोमबार

राष्ट्रपति पौडेलको मुटुमा पुन: समस्या, अस्पताल भर्ना

असार २ २०८०, शनिबार

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको मुटुमा पुन: समस्या देखिएपछि अस्पताल भर्ना भएका छन्।

केहीदिन अघि पनि मुटुमा समस्या आएपछि  अस्पताल भर्ना भएका पौडेललाई पुनः समस्या भएपछि  २ बजे राति त्रिबि शिक्षण अस्पताल  पुर्‍याइएकाे थियाे। टिचिङबाट आज बिहान ५ बजे मनमोहन कार्डियो थेरासिस भास्कुलर एन्ड ट्रान्स प्लान्ट सेन्टरमा लगिएकाे छ। 

अहिले पौडेलको सिसियूको क्याबिनमा राखेर उपचार भइरहेको स्रोतले बताएको छ।

अघिल्लाे महिना मात्रै भारतकाे नयाँदिल्लीमा  उपचार गरी फर्केका थिए।