• जेष्ठ २७ २०८२, सोमबार

हरिकृष्ण कार्की प्रधानन्यायाधीशमा सर्वसम्मत अनुमोदित

असार १ २०८०, शुक्रबार

काठमाडौं । संसदीय सुनुवाई समितिले हरिकृष्ण कार्कीलाई प्रधानन्यायाधीशमा सर्वसम्मत अनुमोदन गरेको छ ।

बिहीबार प्रस्तावित प्रधान न्यायाधीश कार्कीले समितिमा आफ्नो कार्ययोजना पेश गरेका थिए । शुक्रबार उनलाई समितिका सांसदहरुले प्रश्न गरेका थिए ।

सांसदहरुले कार्कीलाई नियुक्ति प्रक्रिया, अदालतमा बिचौलिया, उनको छोटो कार्यकाल लगायतका विषयमा प्रश्न गरेका थिए ।जवाफमा कार्कीले आफूले सबै प्रश्नको जवाफ दिन नसक्ने भन्दै इजलासका फैसला प्राज्ञिक रुपमा मात्रै आलोचना गर्न पाइने बताएका थिए ।

सवाल(जवाफपछि समिति सभापति पशुपति शमशेर जबराले कार्कीलाई सर्वसम्मत रुपमा प्रधानन्यायाधीशमा अनुमोदित गरेको घोषणा गरेका हुन् ।