• जेष्ठ २७ २०८२, सोमबार

अवैध सट्टेबाजी खेलाएको आरोपमा कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी ध्रुवे’ पक्राउ

जेष्ठ ३२ २०८०, बिहीबार

काठमाडौं । अवैध सट्टेबाजी खेलाएको आरोपमा कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी ध्रुवे’ पक्राउ परेका छन्। उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो।

उनी सहित अन्य केही व्यक्ति पनि पक्राउ परेको र म्याद थप गरेपछि सार्वजनिक गरिने प्रहरीले जनाएको छ।

बल्छी ध्रुवेलाई सट्टेबाजी खेल्ने/खेलाउने गरेको र सट्टेबाजीको विज्ञापन खेलेको आरोप लागेको छ। प्रहरीले बुधबार यससँग सम्बन्धी आरोपमा अन्य ५ जनलाई पक्राउ गरेको छ। पाँच जनाबाट ७४ करोडको कारोबार भएको देखिएको छ।