• जेष्ठ २७ २०८२, सोमबार

देउवा आज सिंगापुर जाँदै, आरजू पनि संगै जाने तयारीमा

जेष्ठ ३० २०८०, मंगलवार

काठमाडौँ । कांग्रेस सभापति शेरबहादुर देउवा आज सिंगापुर जाने भएका छन् । पेटसम्बन्धी समस्याको उनले सिंगापुरमा उपचार गर्दै आइरहेको र त्यसैको फलोअपका लागि त्यहाँ जान लागेको उनको सचिवालयले जनाएको छ ।

नियमित स्वास्थ्य परीक्षणका लागि राति ११ बजे उनी सिंगापुरका लागि प्रस्थान गर्ने तय भएको उनको सचिवालयले जनाएको छ ।

देउवाको साथमा उनकी पत्नी आरजू राणा देउवा पनि सिंगापुर जाने तयारी छ ।