• जेष्ठ २७ २०८२, सोमबार

प्यूठान दुर्घटना अपडेट: मृत्यु हुने आठै जनाको सनाखत

जेष्ठ ३० २०८०, मंगलवार

प्यूठान । प्युठानको स्वर्गद्वारी नगरपालिका- ४ भेतुकेमा भएको कार दुर्घटनामा परी मृत्यु हुने आठै जनाको सनाखत भएको छ ।

सोमबार भ्यागुतेस्थित भिग्री स्वर्गद्वारी सडकखण्डमा कार अनियन्त्रित भई सडकबाट ५० मिटर तल खस्दा कारमा सवारर आठै जनाको मृत्यु भएको थियो ।

मृत्यु हुनेहरुमा दाङको तुल्सीपुर उपमहानगरपालिका–१५, कोेठरी बस्ने ३५ वर्षीया सरिता शर्मा पाखरेल, उनका छोराहरू १४ वर्षीय विशाल पोखरेल र ९ वर्षीय विकास पोखरेल रहेका छन् ।

यस्तै, दाङको लमही नगरपालिका– ७ गडुवाका ४० वर्षीय गोबिन्द शाह, उनकी श्रीमती ३० वर्षीय राधा र ९ वर्षका छोरा आदित शाहको मृत्यु भएको छ भने, कार चालक दाङ लमहीका ताराबहादुर कुमालको पनि मृत्यु भएको छ ।

यसैगरी दाङको घोराही उपमहानगरपालिका–१५ तुल्सीपुरका ११ वर्षीय बालक शिशिर खनालको पनि दुर्घटनामा मृत्यु भएको छ ।