• जेष्ठ २७ २०८२, सोमबार

विद्यालयको शौचालय बनाउँदा भ्रष्टाचार गरेको आरोपमा प्रधानाध्यापकविरुद्ध मुद्दा

जेष्ठ २९ २०८०, सोमबार

काठमाडौं । कास्कीको माछापुच्छ्रे गाउँपालिका-६ स्थित कैलाश टेत्सुओ प्राथमिक विद्यालयमा शौचालय निर्माणमा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले प्रधानाध्यापक नारायणप्रसाद पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

उनले विद्यालयको शौचालय निर्माण गर्नको लागि निकासा भएको रकम र विद्यालयको अक्षय कोषको रकम हिनामिना गरेको आरोपमा अख्तियारले बिशेष अदालतमा मुद्दा दायर गरेको हो ।

प्रधानाध्यापक पौडेलविरुद्ध शौचालय निर्माणको लागि आएको २ लाख र विद्यालयको नाममा रहेको अक्षय कोषको १ लाख १२ हजार गरी ३ लाख १२ हजार रुपैयाँ भ्रष्टाचार गरेको आरोप रहेको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए ।