• जेष्ठ २७ २०८२, सोमबार

प्रतिनिधिसभा बैठकमा आज अर्थमन्त्रीले बजेटबारे उठेका प्रश्नको जवाफ दिने

जेष्ठ २९ २०८०, सोमबार

काठमाडौं ।  प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ ।

संघीय संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्ने बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०–८१ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) मा सांसदहरुले उठाएका प्रश्नहरूको जवाफ दिने कार्यक्रम रहेको छ।


जेठ १५ गते प्रस्तुत आगामी वर्षको बजेटमाथिको छलफल हिजो सकिएपछि आज अर्थमन्त्रीले जवाफ दिन लागेका हुन् ।

यसअघि हिजो नै अर्थमन्त्री डा. महतले जवाफ दिने कार्यक्रम रहेको भए पनि अन्तिममा आएर आजका लागि सारिएको थियो ।