• जेष्ठ २७ २०८२, सोमबार

संसद बैठकमा सांसद प्रभु साहकाे प्रश्न, ‘घर भाडा समेत विदेसिएपछि देश कसरी संवृद्ध बन्छ ?’

जेष्ठ २८ २०८०, आईतवार

काठमाडौँ । आम जनता पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभाका सांसद प्रभु साहले क्यापिटल फ्लाई अर्थात् पुँजी पलायनको गम्भीर मुद्दा उठान गरेका छन् । आइतबार प्रतिनिधिसभामा जारी विनियोजन बजेटमाथिको छलफलमा बोल्दै सांसद साहले प्रश्न गरे, ‘घर भाडा समेत विदेसिएपछि देश कसरी संवृद्ध बन्छ ?’

उद्योग, व्यवसायीदेखि सरकारी कर्मचारी, आम सर्वसाधारण उच्च वर्गदेखि राजनीतिज्ञहरूले समेत आफ्नो लगानी विदेशमा लगिरहेको बताउँदै सांसद शाहले चिन्ता व्यक्त गरे ।

‘उच्च शिक्षा हासिल गरेका जति पनि युवा शक्ति छन्, उनीहरू विदेश, सम्पन्न र पहुँच भएका मान्छेहरू सबै विदेश, पुँजीपतिहरू सबै विदेश, राजनीतिक पहुँचवालाहरू विदेश, उनीहरुले घर खेत बेचेर विदेश पैसा लगिरहेका छन्’ शाहले भने, ‘यतिसम्म कि घर भाडा समेत विदेश गइरहेको छ । यसरी कसरी देश संवृद्ध हुनसक्छ र ?’ उनले प्रतिप्रश्न गरे ।

सांसदहरूमाथि नै इंकित गर्दै साहले भने, ‘यहीँ अगाडि रोहमा रहने माननीय सांसदहरू अवसरको खोजीमा यहाँ रहनुभएको छ, तर उहाँहरूको छोरा-छोरी विदेशमा छन् । पुँजी जति सबै विदेशमा थुपारिदिए पछि अनि नेपालमा पैसाको अभाव हुँदैन ?’ साहले भने ।