• जेष्ठ २७ २०८२, सोमबार

कांग्रेस सांसद गिरीले बालेनलाई भने,‘हामी झोलेलाई त वडासदस्यकै स्तरमा पुर्याइदिनु भयो’

जेष्ठ २८ २०८०, आईतवार

काठमाडौं । कांग्रेस सांसद दीपक गिरीले नागरिकले सांसदको विधायिकी भूमिका नबुझ्ने र अहिले पनि विकास, निर्माणको प्रतिनिधि नै स्वीकारेको बताएका छन् ।

प्रतिनिधि सभाको आइतबारको बैठकमा बजेटमागि बोल्दै उनले आम नागरिकले सांसदको भूमिका नचिनेको र विकास निर्माणको अपेक्षा गर्ने बताएका हुन् ।

‘म त सलाम गर्छु बालेनजीलाई, उहाँले हामी झोलेलाई वडासदस्यको स्तरमा पुर्याइदिनुभयो,’ उनले भने, ‘हामी त झोले हौं । राति बूढीआमाको फोन आउँछ, सांसद बाबु दुईवटा खसी पालेको एउटा मर्यो, केही पाइन्छ कि ? पहिरो गए, आगलागी भए पनि जनताले खोज्ने हामी सांसद नै हुन् ।’ सांसद विकास कोषको बचाउ गर्दै उनले अहिले कमसेकम ५ करोड भने पनि एउटा निर्वाचन क्षेत्रमा पुगेको बताए ।

‘कम गाह्रो छ, राति फोन आउँछ । अन्यथा नमान्नुहोला, जलपान खाएको फोन आउँछ, अब त चिन्न छाड्नुभयो होला ? चिन्नुहुन्न होला ? नेपाली स्तर यस्तो छ, आफू पनि जलपान गरेको भए त झगडा पर्न सक्छ। हा… भन्नुस् । अवस्था यस्तो छ नेपालको ? अहिले २५औं फोन आएको छ, आफूले त हेरेको पनि छैन, त्यो रातो किताब हो कि के हो ? पहिले पहिले त आउँग्थ्यो, हैन सांसदज्यू देश खत्तम छ कि के हो ? विकास खै ? कता के जवाफ दिने ? सांसदज्यूहरूको वह हो यो ?,’ उनले भने ।