• जेष्ठ २७ २०८२, सोमबार

आज अर्थमन्त्री महतले बजेटमाथि उठेका प्रश्नहरुको जवाफ दिने

जेष्ठ २८ २०८०, आईतवार

काठमाडौं । आज बस्ने प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री डा.प्रकाशशरण महतले बजेटमाथि उठेका प्रश्नहरुको जवाफ दिने भएका छन् ।

संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा त्यसपछि अर्थमन्त्री महतले आ‍।व २०८०/०८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिने कार्यक्रम रहेको छ। त्यसअघि आर्थिक वर्ष २०८०/०८१ को राजस्व र व्ययको वार्षिक अनुमान ९बजेट० माथिको सामान्य छलफलमा बोल्न बाँकी सांसदले भाग लिने कार्यसूची सार्वजनिक गरिएको छ।

विनियोजन विधेयक २०८० र राष्ट्र ऋण उठाउने विधेयक २०८० लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालले राखेको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गरिनेछ। अन्तिममा अर्थमन्त्री डा। महतले ‘विनियोजन विधेयक, २०८०’ प्रस्तुत गर्ने कार्यक्रम छ।

आजै ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८०’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद सुवालले राखेको विरोधको सूचनालाई पनि निर्णयार्थ प्रस्तुत गरिनेछ।
त्यसपछि अर्थमन्त्री महतले ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८०’ प्रस्तुत गर्नेछन्।