• फाल्गुन २६ २०८२, मंगलवार

डोनेट्स्क क्षेत्रमा युक्रेनका २१ वटा ट्याङ्क ध्वस्त बनाइदिएको रुसको दाबी

जेष्ठ २६ २०८०, शुक्रबार

मस्को । रुसले युक्रेनका २१ वटा ट्यांक हतियार ध्वस्त बनाइदिएको दाबी गरेको छ । युक्रेनको दक्षिणी जापोर्जिया क्षेत्र र पूर्वी डोनेट्स्क क्षेत्रमा भिषण लडाइँ चलिरहँदा युक्रेनी ट्यांक ध्वस्त बनाएको रुसी भनाइ छ ।

रोयटर्सका अनुसार जापोर्जियाको युद्धमा १३ र डोनेट्स्कको युद्धमा अन्य ८ ट्यांकहरू ध्वस्त भएका हुन् । युक्रेनले भने रुसले अफवाह फैलाइरहेको प्रतिक्रिया दिएको छ ।