• बैशाख ९ २०८२, मंगलवार

शेयर परिसूचक ७.२ अंकले बढ्यो

जेष्ठ २५ २०८०, बिहीबार

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार धेरैजसो कम्पनीको सेयर मूल्य घटे पनि नेप्से परिसूचक भने बढेको छ । ९३ कम्पनीको सेयर मूल्य बढ्दा ११४ को घट्यो । १३ कम्पनीको मूल्य भने स्थिर रहृयो । तर बजारको परिसूचक नेप्से ७.२ अंक बढ्यो ।

सेन्सिटिभ सूचक १ अंक घट्यो । २ अर्ब ६ करोडको कारोबार भएको छ । बुधबार २ अर्ब ३६ करोडको कारोबार भएको थियो । यस दिन निर्जीवन बीमा र ब्यापार उपसमूहमा आकर्षण देखियो ।

दुबै उपसमूह ५ प्रतिशत बढे । बैंकिङ ३, होटल तथा पर्यटन ३९, जलविद्युत् १९, उत्पादन ३८ अंक घटे । ब्यापार १२९, अन्य ५, निर्जीवन बीमा ५०२, माइक्रोफाइनान्स १, जीवन बीमा १४५, फाइनान्स १७ र विकास बैंक उपसमूह ३१ अंक बढे । दोल्ती पावर र भूगोल इनर्जीको मूल्य १० प्रतिशत बढ्यो ।

मनकामना स्मार्ट लघुवित्तको ८.४, सानिमा जीआईसीको ७.३ र हिमालय एभरेस्ट इन्स्योरेन्सको मूल्य ७ प्रतिशत बढ्यो । रिभरफल्स पावरको मूल्य भने ६.६ प्रतिशत घट्यो । कारोबार रकमका आधारमा आईएमई जनरल इन्स्योरेन्स, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स, शिवम् सिमेन्ट, हिमालयन एभरेस्ट इन्स्योरेन्स र नेपाल टेलिकम क्रमशः अगाडि रहे ।