• जेष्ठ २७ २०८२, सोमबार

राष्ट्रिय सभाको बैठकमा प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्ने

जेष्ठ २४ २०८०, बुधबार

काठमाडौं । संघीय संसद्अन्र्तत दुवै सदनको बैठक आज बस्दैछ । बिहान ११ बजेर ११ मिनेटमा बस्ने राष्ट्रिय सभाको बैठकलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने कार्यसूची छ ।

साथै बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ का लागि प्रस्तुत गरेको बजेटमाथि सदस्यहरूले आफ्ना धारणा राख्ने कार्यक्रम रहेको छ ।

प्रतिनिधि सभाको बैठकमा पनि बजेटमाथिको छलफल जारी रहनेछ । बैठक बिहान ११ बजे शुरू हुने कार्यतालिका रहेको छ ।