• जेष्ठ २७ २०८२, सोमबार

सुबलालको गोठबाट भैँसी चोरेर लग्दै गरेका धनुषाका मुखिया पक्राउ

जेष्ठ २३ २०८०, मंगलवार

काठमाडौं । धनुषामा चोरीको दुईवटा भैँसीसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनुषाको मिथिला विहारी–७ बस्ने ३७ वर्षीय बली मुखिया रहेका छन् ।

मुखियाले गत २१ गते रातिको समयमा मिथिला विहारी न.पा–६ पथरा टोलका सुबलाल यादवको गोठबाट २ वटा भैँसी चोरी गरेका थिए ।

उनलाई तारापट्टी टोलस्थित भित्री सडक खण्डमा भैँसीलाई पैदल हिँडाइरहेको अवस्थामा इलाका प्रहरी कार्यालय धनुषाधामबाट खटिएको प्रहरीले पक्राउ गरेको थियो ।

मुखियालाई चोरीसम्बन्धी कसुर मुद्दामा धनुषा जिल्ला अदालतबाट ५ दिन म्याद थप गरी अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ ।