• मंसिर १४ २०८१, शुक्रबार

‘करका दर हेरफेर’ बारे संसदमा अर्थमन्त्रीको जवाफः ‘इमान्दार भएर काम गर्दा कति कठिन हुने रहेछ’

जेष्ठ २३ २०८०, मंगलवार

काठमाडौं । बजेट निर्माणका क्रममा असम्बन्धित व्यक्तिलाई संलग्न गराई करका दर हेरफेर गरेको भन्ने विषयमा अर्थमन्त्री प्रकाशशरण महतले जवाफ दिन थालेका छन्।

प्रमुख प्रतिपक्ष नेकपा एमालेसहित विपक्षी दलहरुको मागअनुसार अर्थमन्त्री महतले बजेट निर्माणको सन्दर्भमा जवाफ दिन लागेका हुन्।

संसद्‌मा जवाफ दिने क्रममा ‘इमान्दार भएर काम गर्दा कति कठिन हुने रहेछ’ भन्दै आफूले कुनै पनि प्रभावबाट मुक्त भएर, पारदर्शी ढंगबाट काम गरेको दाबी गरेका छन्।