• मंसिर १३ २०८१, बिहीबार

विपन्न, अशहाय तथा बेवारिसेहरुको निःशुल्क उपचार गराउन सबै अस्पतालहरुलाई स्वास्थ्य मन्त्रालयको निर्देशन

जेष्ठ २२ २०८०, सोमबार

काठमाडौं । स्वास्थ्य मन्त्रालयले सरकारी, सामुदायिक तथा निजी अस्पतालहरुमा विपन्न, असहाय तथा बेवारिसे विरामीहरुको निःशुल्क उपचार गर्न निर्देशन गरेको छ । एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले यस्तो निर्देशन दिएको हो ।

मन्त्रालयले यसअघि नै विपन्न, असहाय तथा बेवारिसे विरामीको लागि कुल शैयाको १० प्रतिशत शैया छुट्याई त्यस्ता विरामीहरुलाई निःशुल्क उपचार गराउनु भनि भएको निणर्यलाई कार्यान्वयन गराउन ती अस्पतालहरुलाई आग्रह गरेको हो ।

स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले अस्पतालहरुको अनुगमन गर्नेक्रममा अस्पतालहरुलाई यस्तो निर्देशन दिनु भएको विज्ञप्तिमा जनाइएको छ ।

यसरी निःशुल्क उपचार पाउने विरामीले सम्बनिधत वडाको वडा कार्यालयबाट सिफारिस बनाई लैजानु पर्नेछ । यसअघि नेपाल सरकारबाट गरिव परिचय पत्र बनाएकाहरुले पनि सोही पत्रको आधारमा निःशुल्क उपचार सेवा पाउने व्यवस्था पनि गरिएको विज्ञप्तिमा जनाइएको छ ।