• मंसिर १४ २०८१, शुक्रबार

सम्झौता अनसार भुक्तानी नपाएपछि सापकोटाले दिए प्रहरीमा उजुरी

जेष्ठ २१ २०८०, आईतवार

काठमाडौँ । सम्झौताअनुसार काम गरेको भुक्तानी नपाएपछि आशिका निर्माण सेवा प्रालिका सञ्चालक अच्युत सापकोटाले प्रहरीमा उजुरी दिएका छन् ।

बुढानिलकण्ठ घर भएका सापकोटाले धादिङको कम्पुर गजुरी गाउँपालिका घर भई हाल काठमाडौं सामाखुशी बस्ने गोकर्णप्रसाद पण्डित विरुद्ध प्रहरीमा उजुरी दिए । बालाजुस्थित नागार्जुन कन्स्ट्रक्सन् कम्पनी प्रालिका सञ्चालक पण्डितमार्फत् नुवाकोटको सडकमा सडक र पर्खाल लगाएका थिए ।

दुवैबीच २०७५पुस १९ गते सम्भौता भएको थियो तर, काम सम्पन्न भएपछि आफूले पाउनुपर्ने तीन करोड ७५ लाख ६३ हजार दुई सय पैतालिस रुपैयाँ भुक्तानी भुक्तानी नदिएपछि सापकोटाले उपत्यका प्रहरी प्रहरी अपराध अनुसन्धान कार्यालयमा उजुरी दिएका छन् ।

‘मैले पण्डितलाई बारम्बार भुक्तानी गर्न अनुरोध गर्दा पनि दिइएन, दिन्छु भनेर पण्डितले आलटाल मात्रै गरे, त्यही भएर उजुरी दिएको हुँ, सापकोटाले भने, ‘मैले पनि ऋण उठाएर काम गरें, अहिले बैंकले ताकेता गरेको गर्यैं छ । मर्नु न बाँच्नुको अवस्थामा पुगिसकें ।’ पण्डितले पछिलल्लो समयमा आफूलाई फोन नगर्न र जे गर्न सक्छस् गर भनेर धम्की दिँदै आएको सापकोटाको भनाई छ ।

नागार्जुन कन्स्ट्रक्सनका सञ्चालक पण्डितले सापकोटाले सम्झौता अनुसार काम नगरेका कारण भुक्तानीमा समस्या आएको बताए । उनले भने, ‘यस विषयमा अहिले मुद्दा चलिरहेको छ, मुद्दाको अन्तिम टुंगो लागिसकेको छैन । प्रहरीमा म पनि गएको थिएँ । १५ दिन भित्र के के गर्ने भन्ने सहमति भएको छ ।’

पण्डितका अनुसार काम गरेबापत विभिन्न टेन्डरहरुलाई दिने पैसा अहिले रोक्ने र सम्झौता अनुसार समझदारीमा टेकेर सापकोटालाई भुक्तानी दिन आफूलाई कुनै आपत्ति नरहेको बताए ।