एजेन्सी । फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मन (पीएसजी)बाट लियोनल मेसी र सर्जियो रामोसको एकसाथ बिदाइ भएको छ। शनिबार राति क्लर्मन्टसँग अन्तिम खेल खेल्दै पीएसजीको जर्सीबाट यी दुई भेट्रान खेलाडी बिदा भए।
भेट्रान डिफेन्डर रामोसले आफ्नो अन्तिम खेलमा भिटिन्हाको क्रस पासमा हेडमार्फत गोल गरेका थिए। पछि एम्बाप्पेले पेनाल्टीमार्फत् गोल गरेपछि पएिसजी २–१ को अग्रता बनाएको थियो।
पछि क्लर्मन्टले उत्कृष्ट कमब्याक गर्दै खेल आफ्नो पोल्टामा पार्यो। २४, ४५ र ६३ औं मिनेटमा गोल गर्दै क्लर्मन्टले ३–२ को जित दर्ता गर्यो।बार्सिलोनाको पूर्व फरवार्ड मेसीले क्बल छाड्नुअघि उनको नाम लिँदै गर्दा फ्यानहरुले भने, ‘पीएसजीको जर्सीमा ७५ खेल खेल्दै ३२ गोल गर्यौ, तर धरै अवसरहरु गुमायौ।’
मेसी साउदी अरबको अल हिलाल, अमेरिकन क्बल इन्टर मियामी तथा स्पेनिस क्लब बार्सिलोना मध्ये एउटामा आबद्ध हुनसक्ने बताइएको छ।
पीएसजीका सबै खेलाडीहरुले आफ्नै साथी सिर्जियो रिको नाम अंकित जर्सी लगाएका थिए। पीएसजीका गोलकिपर रिको स्पेनमा हर्स राइड गर्दा घाइते भएका थिए। उनी अहिले पनि हस्पिटलमा छन्।