• जेष्ठ २८ २०८२, मंगलवार

‘अखण्ड भारत’को नक्सामा नेपालको भूभाग राखिएकोप्रति बोल्यो भारत

जेष्ठ २० २०८०, शनिबार

नयाँ दिल्ली । भारतीय संसदमा रहेको ‘अखण्ड भारत’को भित्तेचित्रलाई लिएर नेपालबाट उठेको विवादमा भारतले पहिलो पटक आधिकारिक बयान दिएको छ ।

नयाँ संसद भवनमा दक्षिण एसियाको भौगोलिक भित्तेचित्र छ, जसमा नेपालको कपिलवस्तु र लुम्बिनीलाई पनि चित्रण गरिएको छ । यस भित्तेचित्रमा पाकिस्तानको तक्षशिला र मानसेरा पनि देख्न सकिन्छ ।

आफ्नो साप्ताहिक पत्रकार सम्मेलनमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले भने, ‘संसदमा जे राखिएको छ त्यसले अशोकको साम्राज्य विस्तार भएको देखाएको छ । यी भित्तेचित्रहरूले अशोकको जिम्मेवार र जनताप्रति समर्पित शासनको वर्णन गर्दछ । भित्ते चित्र र त्यसको अगाडिको फलकले त्यही कुरा बताउँछ ।’

नेपालसँगको औपचारिक वार्तामा यस विषयमा कुनै कुरा नभएको पनि बागचीले बताए । यसअघि पनि नेपालका धेरै राजनीतिक नेताहरूले यो चित्रमाथि प्रश्न उठाएका थिए । नेपालका धेरै इतिहासकारहरूले पनि यसलाई गलत घोषणा गरेका छन् । यसबारेमा हिजो नै पाकिस्तानले आपत्ति जनाएको छ भने नेपाल सरकार केही बोलेको छैन तर जनस्तरबाट भने कडा विरोध भइरहेको छ ।