• मंसिर १२ २०८१, बुधबार

सागा घावा महिनाको अवसरमा लमजुङमा गरियो बौद्ध धार्मिक पूजापाठ

जेष्ठ २० २०८०, शनिबार

लमजुङ । यहि मिति जेठ १४, १५ र १६ गते सागा घावाको महिनाको अवसरमा समुता गुम्बा भोटेवडार लमजुङको आयोजनामा १६ जना बौद्ध धार्मिक लामा गुरुहरुबाट वुम एव ह्युमपति पूजापाठ एव धार्मिक प्रवचन कार्यकम सम्पन भएको छ ।

कार्यकम अवधि भर समुता तमू समाजका सदस्यहरुबाट र देश विदेशमा बस्नुहुने सम्पूर्ण महानुभावहरुले फेसबुक लाइभ कार्यक्रम हेरि भोजन दान, रवाजा दान, वस्त्र दान, जिन्सी दान र अक्षय कोषमा दान गर्नु हुने सबैमा गुम्बा समितिले धन्यवाद प्रकट गरेको छ ।

अक्षय कोषमा पर्वत जिल्ला घर भई हाल ललितपुर नखिपोट निवासी सिङ्गापुरका भुपू प्रहरी इन्स्पेकटर जिएस घलेले आठ लाख एकहजार दुइसय दश रुपैयाँ दान दिनु भएको छ । यसैगरी सुन्दर बजार नगरपालिका–९ भोटेओडार बालुने निवासी गुम्बाका संस्थापक अध्यक्ष कप खरजंग गुरुङले एकलाख पन्ध्र हजार दान गर्नु भएको छ ।

त्यसैगरी लमजुङकै साल्मे घर भई हाल काठमाण्डौ निवासी प्रेम बहादुर गुरङले श्रीमती मीना कुमारी गुरुङको पुण्यस्मृतिमा रु.एकलाख पाँच रुपैयाँ दान गर्नु भएको छ । सोही अवसरमा काठमाण्डौको टेकु घर भई हाल धर्मोदय सभाका केन्द्रिय सचिव अशोकानन्द बज्राचार्यले पचास हजार दान गर्नु भएको छ भने उहाँहरु बाहेक ८९ जनाले एक हजारदेखि माथी अक्षय कोषमा दान गर्नु भएको छ ।

गुम्बा समितिले दानविर दान दाताहरुमा उहाँहरुको घरपरिवारमा सधै सुखी, खुसी, निरोगी, दिर्घायू, उन्नति प्रगतिको कामना सहित हार्दिक धन्यवाद व्यक्त गरेको छ ।