काठमाडौँ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले पत्नी सीता दाहालको स्वास्थ्य लाभको कामनासहित उज्जैनस्थित महाकाल बाबाको मन्दिरमा विशेष पूजा गरेका छन् ।
शुक्रबार मध्य प्रदेशको भ्रमणमा रहेका प्रधानमन्त्री दाहाल बिहान नयाँ दिल्लीबाट इन्दौर हुँदै उज्जैन पुगेका हुन् । उनले महाकाल बाबाको गर्भगृहमा पत्नीको स्वास्थ्य लाभको कामनासहित विशेष पूजा गरेको जनाइएको छ ।
विशेष पूजा समारोहमा मध्य प्रदेशका राज्यपाल मंगुभाई पटेल पनि उपस्थित थिए । भारतीय अधिकारीहरूका अनुसार मन्दिरका शासकीय पुजारी पण्डित घनश्याम शर्माले प्रधानमन्त्री दाहालबाट विशेष पूजा गराएका हुन् ।
महाकालेश्वर दर्शनका क्रममा प्रधानमन्त्री दाहालले नेपालबाटै लगेको १०० रुद्राक्ष र नगद ५१ हजार रुपैयाँ चढाएको बताइएको छ ।