हेटौंडा । आज बागमती प्रदेशसभा बैठक बस्दैछ ।
प्रदेश सरकारले प्रस्तत गरेको आगामी आर्थिक वर्ष २०८०÷०८१ को नीति तथा कार्यक्रममाथि छलफल गर्नका बैठक बोलाईएको हो । बैठक अपरान्ह १ बजे बस्नेछ ।
प्रदेश सभाको सचिवालयका अनुसार आजको बैठकमा सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि प्रदेश सांसदहरूले धारणा र संशोधन प्रस्तावमाथी छलफल सुरु गर्नेछन् ।
प्रदेश सरकारले पेश गरेको नीति तथा कार्यक्रममाथि संसोधन हाल्नका लागि मंगलबारसम्म समय दिइएको थियो । मंगलवारसम्म आएका संशोधन प्रस्तावमाथि पनि आजबाट छलफल शुरू हुन लागेको हो ।