• जेष्ठ २९ २०८२, बुधबार

आफ्नै संगठनको अध्यक्षविरुद्ध नेविसंघ नेता-कार्यकर्ताद्वारा नाराबाजी

जेष्ठ १७ २०८०, बुधबार

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको धुम्बाराहीस्थित निवासमा नेपाल विद्यार्थी संघ (नेविसंघ)का नेताहरूले आफ्नै संगठनको अध्यक्षविरुद्ध नाराबाजी गरेका छन् ।

बुधबार विहान धुम्बाराही पुगेका नेविसंघका नेताहरूले नेविसंघ अध्यक्ष दुजाङ शेर्पाविरुद्ध नाराबाजी गरेका हुन्। संगठनलाई गतिदिन नसकेको भन्दै नेविसंघ शिवराम बस्नेत नेतृत्वको टोलीले शेर्पाको राजीनामा माग गरेको हो ।

संगठनलाई अनिर्णयको बन्दी बनाएको, गतिदिन नसकेको, त्यसैमा पनि चरम गुटबन्दी गरेको उनीहरूको आरोप छ ।