• मंसिर १९ २०८१, बुधबार

चीनले चन्द्रमामा पठायो पहिलो नागरिक अन्तरिक्ष यान

जेष्ठ १६ २०८०, मंगलवार

एजेन्सी । चीनले आफ्नो पहिलो मानव नागरिक अन्तरिक्ष यान चन्द्रमामा पठाएको छ।

स्थानीय समयअनुसार मंगलबार बिहान ९:३१ सेन्जो-१६ यानले पृथ्वी छाडेको हो। चीनको जिउक्वान भू-उपग्रह प्रक्षेपण केन्द्रमार्फत् चन्द्रमामा पठाइएको उक्त यानमा तीन सदस्यीय प्रतिनिधि मण्डल छन्।

अनुभवी कमाण्डर जिङ हाइपेङले नेतृत्व गरेको टोलीमा गुई हाईचाओ र झु याङझु रहेका छन्। विमान उडेको १९ मिनेटपछि चीनले प्रक्षेपण सफल भएको घोषणा गरेको छ।

चीनले सन् २०३० सम्म चन्द्रमामा अन्तरिक्ष यात्री पठाउन थाल्ने योजना बनाएको छ। चीनले रूस र अमेरिकासँग प्रतिस्पर्धा गर्नेगरी चन्द्रमाको अन्वेषणमा अर्बौँ लगानी गरिरहेको छ।