• जेष्ठ २९ २०८२, बुधबार

अन्तर्राष्ट्रिय क्षेत्रमा मुलुकको प्रतिष्ठा बढाउन ‘सगरमाथा संवाद’ गरिने

जेष्ठ १५ २०८०, सोमबार

काठमाडौं । सरकारले अन्तर्राष्ट्रिय क्षेत्रमा मुलुकको प्रतिष्ठा बढाउन सगरमाथा संवाद गर्ने भएको छ। यसका साथै प्राध्यापक यदुनाथ खनाल प्रवचन शृंखला पनि आयोजना गर्ने बताइएको छ।

आगामी आर्थिक वर्षको बजेटमार्फत उक्त संवाद आयोजना गरिन लागेको अर्थमन्त्री प्रकाशशरण महतले जनाएका छन्।

‘अन्तर्राष्ट्रिय क्षेत्रमा मुलुकको प्रतिष्ठा अभिवृद्धि गर्न तथा समसामयिक विषयमा नीति निर्माण बनाउन सहयोग पुर्‍याउने उद्देश्यले सगरमाथा संवाद र प्रोफेसर यदुनाथ खनाल प्रवचन शृखंला आयोजना गरिनेछ,’ सोमबार बजेट भाषण गर्दै अर्थमन्त्री महतले भने।