• मंसिर १४ २०८१, शुक्रबार

प्रहरी समायोजन कार्य अघि बढाइने

जेष्ठ १५ २०८०, सोमबार

काठमाडौं । प्रहरी समायोजन कार्य अघि बढाइने बताइएको छ। सोमबार संसदमा अर्थमन्त्री प्रकाशशरणले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै प्रहरी समायोजन गरिने बताएका हुन्।

देश संघीय संरचनामा गएको लामो समय भइसके पनि अहिलेसम्म भने प्रहरी समायोजनले गति लिन सकेको छैन। संघीय ऐन समेत जारी हुन सकेको छैन।