• मंसिर १४ २०८१, शुक्रबार

सरकारले आगामी वर्ष ६०० झोलुङ्गे पुल निर्माण गर्ने

जेष्ठ १५ २०८०, सोमबार

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा ६०० वटा झोलुङ्गे पुल निर्माण गर्ने घोषणा गरेको छ।

आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि सोमबार संघीय संसद्‌को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण महतले यस्तो बताएका हुन्।

मन्त्री महतले ६०० वटा झोलुङ्गे पुल निर्माणका लागि ५ अर्ब रुपैयाँ विनियोजन गरिएको जानकारी दिए।