• मंसिर १४ २०८१, शुक्रबार

जुनसुकै विषय पढे पनि शिक्षक लाइसेन्स परीक्षामा सहभागी हुन पाइने

जेष्ठ १५ २०८०, सोमबार

काठमाडौं । सरकारले शिक्षक लाइसेन्सको परीक्षामा जुनसुकै विषय पढेका व्यक्तिहरुले पनि सहभागी हुन पाउने व्यवस्था गर्ने घोषणा गरेको छ। सरकारले आर्थिक वर्ष २०८०/०८१को बजेटमार्फत उक्त कार्यक्रम घोषणा गरेको हो।

यसअघि शिक्षा विषय पढेकाहरुले मात्र शिक्षक लाइन्सेन्सको परीक्षा लिन पाउँथे। तर त्यसलाई हटाउँदै सरकारले सबैलाई खुला गरेको हो।

अन्य क्षेत्रका मानिसहरुलाई पनि शिक्षण पेसामा आकर्षित गर्नका लागि सरकारले आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत शिक्षक लाइसेन्सको परीक्षामा सहभागी हुने बाटो खोल्ने घोषणा गरेको हो ।