काठमाडौं । सरकारले सन् २०२३ देखि २०३२ सम्मलाई पर्यटन दशकको रुपमा मनाउने भएको छ।
आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि सोमबार संघीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण महतले उक्त कुरा बताएका हुन्।
मन्त्री महतले भने, ‘२०२३ देखि ०३२ लाई पर्यटन दशकको रुपमा मनाईने छ। अतिथि देवो भव भन्ने नेपाली संस्कृति अनुरुप पर्यटकीय सेवाको गुणस्तरमा विस्तारमा नेपाल भ्रमणका लागि विदेशी पर्यटकको संख्या १० लाख पुर्याइने छ।’