• मंसिर १३ २०८१, बिहीबार

अध्ययनले भन्छ- मोबाइल फोन धेरै चलाउने बालबालिकाको मानसिक विकास अबरुद्ध

जेष्ठ १५ २०८०, सोमबार

एजेन्सी । बालबालिका रुँदा वा कुनै कुराको जिद्दी गर्दा आमाबुवाले फकाउनका लागि मोबाइल फोन वा कुनै ग्याजेट दिने गरेका छन् ।

त्यसले बच्चालाई शान्त त गराउँछ तर उसलाई घन्टौंसम्म स्क्रीन हेरेर बस्ने लत पनि लगाउँछ ।

तर अध्ययनहरूले सानो उमेरमै बच्चालाई फोन दिँदा उसको मानसिक विकास प्रभावित हुने कुरा देखाएका छन् । नयाँ रिपोर्टअनुसार, मोबाइल तथा तमाम ग्याजेट्स वा टीभी लामो समय हेर्दा बालबालिकालाई भर्चुअल अटिजमको सम्भावना रहन्छ ।

भर्चुअल अटिजमको लक्षण चारदेखि पाँच वर्षसम्मको बालबालिकामा देखिन्छ । उनीहरूलाई बोल्न समस्या हुने अनि अरू मानिससँग कुराकानी गर्दा अप्ठ्यारो लाग्ने हुन्छ ।

बच्चाहरूको व्यवहारमा समस्या देखिने र उनीहरूको स्पीच डिभलपमेन्ट नहुने पनि हुन्छ । उनीहरू नखरा गर्न थाल्छन् र आक्रामक समेत हुन्छन् ।

अनि राति मोबाइल चलाउँदा उनीहरूको निद्राको प्याटर्नमा पनि समस्या आउँछ । बालबालिकाको एकाग्रता पनि बिग्रँदै जान्छ ।

चिकित्सकहरूले दुई वर्षसम्मको बालबालिकालाई मोबाइल र ग्याजेट्स पटक्कै नदिन सल्लाह दिएका छन् । आमाबुवा आफैंले पनि मोबाइल र ग्याजेट्सको कम उपयोग गर्न उनीहरू सुझाव दिन्छन् ।