काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले लाल आयोगको प्रतिवेदन सार्वजनिक हुनुपर्ने बताएका छन्।
सोमबार बिहान डिल्लीबजार जेलबाट रिहा भएपछि पत्रकारहरूसँगको कुराकानीमा चौधरीले यस्तो बताएका हुन्। लाल आयोगको प्रतिवेदन सार्वजनिक नहुनु राज्यको दोष भएको उनकाे भनाइ छ।
‘लाल आयोगको प्रतिवेदन सार्वजनिक हुनुपर्छ। प्रतिवेदन सार्वजनिक नहुनु राज्यको दाेष हाे। सहादता प्राप्त गरेका प्रहरी परिवारले पनि न्याय पाउनुपर्छ। अढाइ वर्षीय बच्चा टेकबहादुर साउदको आत्माले पनि पुण्य प्राप्त गर्नुपर्छ र उहाँहरूका लागि हामीले पनि लडिदिनुपर्छ’, उनले भने।