काठमाडौं । देशभर आज १६औं गणतन्त्र दिवस मनाइँदै छ। सरकारले गणतन्त्र दिवसलाई महान् उत्सवका रूपमा मनाउन अपिल गरेको छ। नेपाली जनताको लामो बलिदान र संघर्षको उपलब्धिका रूपमा डेढ दशकदेखि यो दिवस मनाइने गरिएको छ।
काठमाडौंको टुँडिखेलमा विशेष कार्यक्रम गरी गणतन्त्र दिवस मनाइएको छ। समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड उपस्थित थिए। यस्तै, सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, उपसभामुख लगायत सरकारका उपप्रधानमन्त्री, मन्त्री र विशिष्ट व्यक्तिको उपस्थिति थियो।