• जेष्ठ ३० २०८२, बिहीबार

आममाफी पाएर जेलबाट छुटेसंगै रेशमले चौधरीले भने- टिकापुरलाई छुट्टै जिल्ला बनाइनुपर्छ

जेष्ठ १५ २०८०, सोमबार

काठमाडौं  । कैलालीको टीकापुर घटनामा दोषी ठहर भएका पूर्वसांसद रेशम चौधरीले रिहा भएसंगै टिकापुरलाई छुट्टै जिल्ला बनाइनुपर्ने बताएका छन् ।

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले कैलालीको पूर्वी क्षेत्र टिकापुरलाई छुट्टै जिल्ला घोषणा गर्न माग गरेका छन्। सोमबार बिहान डिल्लीबजार कारागारबाट छुटेपछि उनले थारु पहिचानसहित टिकापुरलाई कैलालीबाट अलग गरेर अर्को जिल्ला बनाउन सरकारसँग माग गरेका हुन्।

साथै उनले मुलुकको सत्ताको बागडोर सम्हाल्ने मिसनका साथ अघि बढ्ने बताएका छन्। त्यसका लागि आफूहरूले ‘मिसन २०८४’ थाल्ने उनले बताए।

चौधरी गणतन्त्र दिवसको अवसरमा राष्ट्रपतिबाट आममाफी पाएसँगै छुटेका हुन्।