• जेष्ठ ३० २०८२, बिहीबार

नागरिकता विधेयक राष्ट्रपतिकोमा होइन, छलफलका लागि संसदमा पठाउने हो : पन्त

जेष्ठ १४ २०८०, आईतवार

काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले नागरिकता विधेयक प्रमाणीकरण गर्न राष्ट्रपति समक्ष पठाउने निर्णय आपत्तिजनक भएको बताएका छन् । उनले आइतबार प्रतिनिधि सभाको बैठकपछि पत्रकारसँग कुराकानी गर्दै नागरिकता विधेयकलाई मन्त्रिपरिषदले सिफारिस गर्न नमिलल्ने बताएका हुन् ।

‘यसरी धुलो लागेको विधेयक टक्टक्याएर मन्त्रिपरिषदले राष्ट्रपति कहाँ पठाएर राष्ट्रपतिलाई अप्रत्यक्ष रूपले दवाव दिन मिल्दैन,’ उनले भने, ‘मैले पनि धेरै संविधानविद् र कानुनविदसँग कुरा गरेर मात्रै बोलेको हो कि यो संविधानको भावना र लोकतन्त्र विरूद्ध छ ।’ यसलाई प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपतिसमक्ष नपठाएर प्रतिनिधि सभामा दर्ता गर्नुपर्ने पनि उनले बताए ।

‘राष्ट्रपतिलाई पनि यो आग्रह छ कि, संविधानको स्पिरिट र लोकतन्त्रको भावनाविरूद्ध रहेको यो विधेयकमा उहाँले हस्ताक्षर नगर्नुहोस् भन्ने मेरो आग्रह छ,’ उनले भने ।