काठमाडाैं । नेकपा एसका कोशी प्रदेश संसदीय दलका नेता राजेन्द्रकुमार राईले सरकारले पहिचानको आन्दोलनलाई दमन गरेको आरोप लगाएका छन् । आइतबार प्रदेशसभाको अधिवेशन सुरु हुनुअघि विराटनगरमा पत्रकारहरूसँग कुराकानी गर्दै राइले सरकारले आज दमन गरे पनि जहिल्यै दमन गर्न नसक्ने बताए ।
‘सविधानले शान्तिपूर्ण तरिकाले विरोध प्रदर्शन गर्न पाउने अधिकार दिएकै छ । त्यसलाई राज्यले छेक्न, रोक्न कसैले सक्दैन, राईले भने, ‘वीन–वीनको अवस्था आउने गरी राज्यले तयारी गर्नुपर्छ । दमनमा लागेर हुँदैन ।’
मुख्यमन्त्री हिक्मतबहादुर कार्कीले आफै आन्दोलनरत पक्षलाई चिढ्याएको बुझाइ राईको छ । मुख्यमन्त्री कार्कीले भाषण गरेर पहिचानवादीहरूलाई चिढाएको आरोप राईले लगाए । पुनः नामकरणको सन्दर्भमा राईले छिट्टै पहिचानको आधारमा नामकरण हुन सक्ने सम्भावना रहेको बताए ।
माओवादीले पहिचानको पक्षमा हुने भनेर निर्णय गरेकै छ,‘राईले भने, ‘कांग्रेसले समेत पहिचानको पक्षमा छलफल गरेको भनेको सुनेको छु, त्यसैले कांग्रेसले पनि सोंच्छ होला अब ।’