• जेष्ठ ३० २०८२, बिहीबार

मन्त्रिपरिषद् बैठक जारी, बैठक सकिएलगत्तै पूर्वप्रधानमन्त्रीसँग छलफल गर्दै प्रधानमन्त्री प्रचण्ड

जेष्ठ १४ २०८०, आईतवार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मन्त्रिपरिषद्को बैठक बसेको छ । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको हो ।

प्रधानमन्त्रीको भारत भ्रमण र आर्थिक वर्ष ०८०÷८१ को बजेटबारे बैठकमा छलफल हुने बताइएको छ ।

यहीँ जेठ १७ गतेदेखि २० गतेसम्म प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको मिति तय गरिएको छ भने सरकारका तर्फबाट भोलि (सोमबार) अपराह्न ४ बजे बजेट प्रस्तुत हुँदैछ ।

बैठकलगत्तै प्रधानमन्त्रीले पूर्वप्रधानमन्त्री र कुटनीतिज्ञसँग परामर्श गर्ने कार्यतालिका छ ।

बैठक विहान ११ बजेदेखि शुरू भएको छ ।